Logo

कर्पोरेट फोकस

वाईवाईको विज्ञापन धुन परिवर्तन हुने



चौधरी गु्रुप अन्तर्गत सीजी फुड्सले वाईवाईको रिमिक्स जिंगल अर्थात नयाँ पुनर्निर्मित विज्ञापन धुन सार्वजनिक गरेको छ । नयाँ विज्ञापन धुनका लागि विश्व संगित दिवस, २१ जुन २०२१को अवसर पारेर वाईवाईले ‘हामी सबैको वाईवाई जिंगल रिमिक्स प्रतियोगीता’ संचालन गरेको थियो ।

सामाजिक संजाल मार्फत देशव्यापी रुपमा आह्वान गरिएको प्रतियोगीतामा प्राप्त ६२ प्रतियोगीको सृजना मध्येबाट उत्कृष्ट एक छानेर पुरस्कृत गरिएको छ । उत्कृष्टमा पर्न सफल धुननै अब वाईवाईको विज्ञापनका रुपमा प्रशारित हुने छ । चौधरी गु्रपले उत्कृष्टमा पर्न सफल धुनको सर्जकलाई बुधवार एक कार्यक्रम गर्दै नगद सहित पुरस्कृत गरेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नयाँ धुनमार्फत मेचीदेखि महाकालीसम्मका जनतालाई एकताबद्ध बनाउन सफल रहने विश्वास व्यक्त गर्नुभयो । कम्पनीले विश्वस्तरीय ब्राण्ड बनाउन सफल उत्पादनलाई थप परिस्कृत बनाउँदै लैजाने समेत जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १८:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।