Logo

कर्पोरेट फोकस

वायुसेवा निगमको बोइङ ७५७ ‘गण्डकी’ जहाज ६८ करोडमा बिक्री



नेपाल वायुसेवा निगमले बोइङ ७५७ ‘गण्डकी’ जहाज बिक्री गरेको छ । दुई वर्ष अगाडिदेखि ग्राउण्डेड रहेको यो जहाज अमेरिकी कम्पनी सीएफडीएसले खरिद गरेको हो ।

जहाज बिक्री गर्ने सबै कुरा टुंगो लागिसकेको निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेलले बताए । उनका अनुसार जहाजको मूल्य ६८ करोड रुपैयाँ निर्धारण गरिएको छ । सीएफडीएसलाई केही दिनमै जहाज हस्तान्तरण गर्ने कार्यक्रम रहेको निगमले जनाएको छ ।

जहाज खरिदको लागि अन्तर्राष्ट्रिय कम्पनी सीएफडीएसलगायत अमेरिकाको एभियोन र एमके एभिएसनले प्रतिश्पर्धा गरेका थिए ।

जहाजको सिरियल नम्बर २३८६३ छ भने मोडल बी ७५७–२ एफ ८ सीबी हो । सन् १९८८ मा बनेको उक्त जहाजले ८९ हजार ४ सय ६२ घण्टा उडान गरिसकेको छ । रोल्स–रोयस इन्जिन भएको यो जहाज निगमले ३० वर्षअघि किनेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १३:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।