Logo

शिक्षा

उपत्यकाका विद्यालय खुल्न थाल्ने, मंगलबारदेखि पहिलोपटक यो नगरपालिकामा खुल्ने



गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका विद्यालय आगामी मंगलबारदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामाजिक भौतिक दुरीको पालना तथा स्वास्थ्य सुरक्षाका प्रोटोकलहरू अनिवार्य पालना गरी भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले आज जारी गरेको विज्ञप्ति अनुसार विद्यालय स्वयम्ले स्वास्थ्य सुरक्षाको र भरपर्दो विश्वसनिय वातावरण अनिवार्य रूपमा तय गर्नुपर्नेछ । विद्यायलहरूले सो अनुरूपको वातावरण नमिलाए कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १९:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।