Logo

कर्पोरेट फोकस

परिसंघद्वारा ‘विदेशी लगानी सहजीकरण समिति’ गठन, अफ्ठेरा कानुनी व्यवस्था परिमार्जन गर्न सुझाब



नेपाल उद्योग परिसंघले ‘विदेशी लगानी सहजीकरण समिति’ गठन गरेको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन गरिएको हो ।

समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेका छन् भने गौरव गोयल सदस्य छन् ।

समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन भएका समस्या समाधानका लागि नीतिगत मध्यस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्ने परिसंघले जनाएको छ । यसैगरी समितिले नेपामला विदेशी लगानीका लागि उच्च प्रतिफलमुखी क्षेत्र पहिचान एवं सरोकारवाला निकायसँग सहजीकरणको काम पनि गर्नेछ ।

समितिको बैठकमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल लगानीको लागि उचित गन्तव्य रहेको भन्दै लैगानीमैत्री नीतिगत व्यवस्था हुनुपर्ने बताए । लगानीका लागि अफ्ठेरा कानुनी व्यवस्था परिमार्जनका लागि समितिले आवश्यक पहल गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

समितिको बैठकमा उपाध्यक्ष ढकालले विदेशी लगानी भित्र्याउन आवश्यक सहजीकरणका लागि सरोकारवालासँग छलफल एवं अन्तरक्रिया अघि बढाउने बताए । उनले भने– ‘हामीसँग संभावना भएर पनि धेरै उपलब्धि भएका छैनन । कतिपय उद्योगमा लगानी घोषणा भएर पनि कार्यान्वयन हुन सकेको छैन ।

ढकालले उद्योगहरुमा भएका समस्याहरुको पहिचान गरी त्यसलाई समाधन गर्न पनि समितिले काम गर्ने बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १२:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।