देशैभर पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार १६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । आज १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट २४ घण्टाभित्र थप १६ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।




















प्रतिक्रिया