Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु



देशैभर पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार १६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । आज १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट २४ घण्टाभित्र थप १६ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।