बलिउड अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयघातका कारण उनको मुम्बईस्थित कुपर अस्पतालमा निधन भएको हो ।
बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका शुक्लाको बिहिबार निधन भएको अस्पताल स्रोतले जनाएको हो ।
भारतीय टेलिभिजन जगतका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण समेत जित्न सफल भएका थिए ।
शुक्ला चर्चित टेलिसिरियल ‘बालिका बधु’ बाट आफ्नो चर्चामा आएका थिए।
सन् १९८० को डिसेम्बर १२ मा जन्मेकाउनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए । उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । ।
शुक्लाले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा समेत काम गरेका थिए ।





















प्रतिक्रिया