Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेशका कृषकलाई सेञ्चूरी कमर्सियल बैंकले सहुलियतपूर्ण कर्जा दिने



कर्णाली प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी बैंकबीच कृषि कर्जा लगानी सम्बन्धि सम्झौता भएको छ ।

कर्णाली प्रदेश सरकारले हालै कार्यान्वयनमा ल्याएको “व्यावसायिक कृषि तथा पशुपन्छी पालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधि, २०७६” कार्यान्वयनमा ल्याउन प्रदेशस्थित भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता भएको हो ।

सम्झौता पश्चात कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंकका विभिन्न शाखाहबाट व्यावसायिक कृषकहरुले सहूलियतपुर्ण कृषि कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैंकको तर्फवाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीन कुमार दाहालले वीरेन्द्रनगर, सुर्खेत अवस्थित मन्त्रालयमा बसी हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ९२ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १०:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।