Logo

ओखलढुंगामा करेन्ट लागेर हाइड्रोका कर्मचारीको मृत्यु



ओखलढुंगामा करेन्ट लागेर हाइड्रोका एक कर्मचारीको मृत्यु भएको छ । मोलुङ हाइड्रोमा कार्यरत सुपरभाइजर मोलुङ–१ कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर मृत्यु भएको हो ।

मोलुङ हाइड्रोको हाइटेन्सन लाइनको जम्पर हटाउन सिद्धिचरण नगरपालिका– १२ को भँडारेमा पोलमा चड्दा विद्युत् सर्ट हुँदा करेन्ट लागेर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख रूपेश खड्काले जानकारी दिए । मृत अवस्थामा विद्युतको पोलमा झुन्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खत्रीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार १३:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।