नेपाल उद्योग परिसंघले ‘परिसंघ शिक्षा परिषद’ गठन गरेको छ । विद्यार्थीमैत्री शिक्षा नीति बनाउने र विद्यमान शिक्षा नीतिमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले परिषद गठन गरिएको हो । परिसंघका राष्ट्रिय परिषद सदस्य द्विराज शर्माको संयोजकत्वमा परिषद गठन भएको छ ।
परिषद गठन कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित गर्दै शिक्षा र उद्योगबीचको अन्तरलाई कम गर्ने उद्देश्यले नेपाल उद्योपरिसंघले शिक्षा परिषद गठन गरेको बताए ।
यसैगरी परिषदका संयोजक शर्माले समग्र शिक्षा प्रणालीको विकासका लागि योगदान गर्न परिषद सक्षम रहेको उल्लेख गरे । शर्माले देशमा परम्परागत शिक्षा प्रणालीलाई परिवर्तन गरी विद्यार्थीमा सीपको विकास गर्ने प्रणालीको आवश्यकता रहेको उल्लेख गरे ।
शिक्षा परिषद् सदस्यहरुमा डा.सतिश शर्मा, दिपककुमार खड्का, डा.हरिशंकर श्याम, रिटल राणा, मिथिलेश कुमार झा, साइमोन दाहाल, अनघा निल्कंतन, खेम लकाइ, सन्तोष प्याकुरेल, सूर्य कार्की तथा सुजेन देबोर्हा बुल रहेका छन् ।




















प्रतिक्रिया