Logo

अर्थ

आज नेप्सेमा ४४ अंकले खुम्चियो सेयर बजार



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४ अंकले घटेको छ । कारोबार सुरुभएको समयबाटनै तल झरेको नेप्से परिसूचक बन्द हुँदासम्म पनि ४४ अंकले घटेर स्थगित भएको हो । उक्त अंकको गिरावटसँगै २९ सय ३६ अंकमा आएर रोकिएको छ ।

आज ७ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भई १ करोड ५० लाख कित्ता सेयर मात्रै किनबेच भएको छ भने दुई वटा समूहमा सुधार आएको छ । आज अन्य र म्युचुअल फण्ड समूहमा पनि सुधार आएको छ ।

अन्य समूहमा १९ अंकको र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको सुधार आएको नेप्सेले बताएको छ । अन्य सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा सबैभन्दा बढी ३०२, निर्जीवन बीमा समूह २९०, लघुवित्त समूहमा १४६ अंकको गिरावट भएको छ ।

बजार घटेपनि आज सानिमा लाइफ इन्स्योरेन्स समूहको सेयर मूल्यमा १० प्रतिशतको बढेको छ । १० प्रतिशतले मूल्य बढेसँगै कम्पनीको सेयर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार १६:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।