सरकारले चालु आर्थिक बर्ष २०७८/०७९ को बजेट संसोधन गर्दै प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले अध्यादेश बजेटमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैंयाँलाई परिमर्जन गर्दै संसदले संसोधित बजेट पास गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै ऋणको लक्ष्य ३७ अर्बले घटाउने बताएका छन् । मन्त्री शर्माले ल्याएको संसोधित बजेटले विपन्न नागरीकलाई १० हजार नगद अनुदान दिने देखि लिएर शहरी विपन्न नागरिकलाई १० ठाउँमा निशुल्क खाना खुवाउने प्रबन्ध मिलाउनेछ ।
त्यसैगरी बजेटमा दिर्घ रोग जस्तैः क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएका बिरामीलाई जिवन निर्वाहको लागि मासिक ५ हजार भत्ता दिने घोषणा गरिएको छ । राजनीतिक आन्दोलनमा ज्यान गुमाउनहरुको पारिवारलाई मासिक ३ हजार भत्ता विनियोजन गरिएको छ ।
बजेटमा संचारमाध्यलाई दिइने लोककल्याणकारी विज्ञापन कायम गर्दै अनलाईन संचारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने उल्लेख गरिएको छ ।
अर्थमन्त्री शर्माले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको १० प्रतिशत बजेट कटौती गरिएको बताए । यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको जानकारी दिए ।
बजेटले राजस्व छुट सम्बन्धि पनि नीति ल्याएको छ । जसमा २०७५ /०७६ सम्म नविकरण नभएका फर्म तथा कम्पनीहरुले करमा ५ प्रतिशत जरिवाना तिरे पुग्ने छ । जरिवानामा झण्डै ९५ प्रतिशत छुट दिइएको छ ।
https://drive.google.com/file/d/1wOdM9w5n61FxN1T3a-1GVxcPTVKk3YE8/view?usp=sharing





















प्रतिक्रिया