डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्मशम्शेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ ।
नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्। उनको शनिबार दाहसंस्कार गरिने भएको छ।
बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन
बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो ।
राणा मिर्गौला, मधुमेह र रक्तचाप सम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए । नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा रहेका उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद ९राखेप०को सदस्यसचिव पनि बनेका थिए ।





















प्रतिक्रिया