Logo

अर्थ

सुनको मूल्य चार सय रुपैयाँले घट्यो



आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आइतबार चार सय रुपैयाँले घटेर ९० हजार तीन सय रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७७ हजार चार सय २० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७६ हजार नौ सय ९० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय १५ रुपैयाँ थियो भने महासंघले आज आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार एक सय ९५ रुपैयाँ तोकेको छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ४२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार ११:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।