Logo

कर्पोरेट फोकस

पूर्व अर्थमन्त्री पौडेलद्वारा बजेट प्रतिस्थापन विधेयकको विरोध, आयोजना कटौती गरिएकोमा आपत्ति



नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकको विरोध गरेका छन् । आइतबार नेकपा एमाले संसदीय दलको बैठकमा पौडेलले बजेट प्रतिस्थापन विधेयकको औचित्य नभएको भन्दै विरोध गरेका हुन् ।

बैठकमा पौडेलले आफूले ल्याएको बजेटका महत्वपूर्ण आयोजना कटौती गरिएको भन्दै आपत्ति जनाए । बजेट प्रतिस्थापन विधेयक ल्याई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ सय वटा सडक आयोजनाको बजेट कटौती गरेका थिए ।

पौडेलले बजेट कटौती गरिएका अधिकांश सडक तराई मधेसका भएकाले यो सरकार मधेशमैत्री नभएको आरोप लगाए । उनले अघिल्लो सरकारले ल्याएको बजेट स्वीकार गर्न नसक्ने र अस्वीकार पनि गर्न नसक्ने मानसिकता बर्तमान सरकारमा देखिएको बताए ।

पौडेलले भने– ‘सरकारले वित्तीय अनुशासन पनि उल्लंघन गरेको छ, कुनै सिस्टम फलो नगरी काम गरिरहेको छ, सम्बन्धित विभाग वा मन्त्रालयबाट माग पनि नभएको आयोजनामा बजेट हालिएको छ ।’

पौडेलले यो सरकारले बजेटको आधार सामान्य घटाएर अघिल्लो सरकारले ठूलो आकारको बजेट ल्याएको देखाउन खोजेको पनि आरोप लगाए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार १३:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।