Logo

अर्थ

धितोपत्र बोर्डमा पुगे आधा दर्जन कम्पनीः चुक्ता पूँजी पुर्याउन हकप्रद जारी गर्न पाउँ भन्दै आवेदन



तोकिएकै समयमा अन्य माध्यमबाट चुक्ता पूँजी नपुग्ने भएपछि विभिन्न ६ वटा(आधा दर्जन) कम्पनी हकप्रद शेयर निष्कासन गर्न पाउँ भन्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् । उनिहरु हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइप लाइनमा रहेका छन् ।

चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् । ६ वटा कम्पनीहरुले कूल एक अर्ब ७८ करोड ४० हजार ९ सय ८४ कित्ता हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएका हुन् ।

दुई बीमा कम्पनी, दुई फाइनान्स, एक विकास बैंक र एक हाईड्रो पावर कम्पनीले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । जसमा समृद्धि फाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, छ्याङदी हाईड्रो पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।

धितोपत्र बोर्डमा आवेदन दिएका मध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर रहेको छ । कम्पनीले बोर्डमा ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता शेयरका लागि आवेदन दिएको छ । दोस्रोमा आईएमई जनरल इन्स्योरेनस कम्पनी रहेको छ । कम्पनीले बोर्डमा ४६ लाख ३० हजार ३ सय ४४ कित्ता शेयर हकप्रद जारी गर्न बोर्डमा आवेदन दिएको छ ।

तेस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । कम्पनीले बोर्डमा ३० लाख कित्ता हकप्रद जारी गर्न अनुमति मागेको छ । त्यस्तै, बोर्डमा समृद्धि फाइनान्सको २७ लाख २९ हजार ७ सय ५ कित्ता, नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३ सय ३८ कित्ता र छ्याङ्दी हाईड्रो पावरको ८ लाख ३० हजार २५ कित्ता शेयर हकप्रद शेयरका लागि आवेदन दिएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १३:४७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।