आज सेयर बजारमा ४० अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का अनुसार आज ४०।२६ अंकले घटेर परिसूचक २८८९ अंकमा कायम भएर आजको कारोबार रकम ५ अर्ब ३५ करोडमा टुङ्गिएको छ।
शेयर बजार सबै समूहहरुमा घटेका छन्। बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले गिरावट आएको छ ।
उत्पादन समूहमा ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन्।
मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशतले बृद्दि भएको छ छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६।६ प्रतिशतले बढेको छ भने छ्याङ्दी हाइड्रोपावरको ४ प्रतिशतले मूल्य बढ्यो। हिमालय उर्जा विकास कम्पनीको मूल्य ५।८ प्रतिशतले घट्दा गोर्खा फाइनान्सको मूल्य ५।४ प्रतिशतले घट्यो।
आज एनआइबिएल समृद्धि फण्डको मूल्य सबैभन्दा बढी ६।८ प्रतिशतले घटेको छ ।
आज २२ करोड रुपैयाँ बराबरको कारोबार गरेर अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ भने दोस्रो स्थानमा सानिमा लाइफ इन्स्योरेन्सले १७ करोडको कारोबार गरेको नेप्सेले जानकारी दिएको छ ।





















प्रतिक्रिया