Logo

स्वास्थ्य

एसईई जेठ १३ देखि शुरु हुने



माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७७ सालको एसईई आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

गत माघमा मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेपछि बोर्डले नयाँ परीक्षाको मिति तय गरेको हो ।

गत वर्ष भने कोरोना माहामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गरी एसईईको नतिजा सार्वजनिक गरिएको थियो ।

सरकारले १२ कक्षा सम्मलाई विद्यालय शिक्षा मानेपनि १० कक्षाको परीक्षालाई केन्द्रीय बोर्डबाट नै सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १३:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।