नेपाल सुनचाँदी व्यवसाय सघंका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ । हिजो यो गुणस्तरको सुनको मूल्य ९१,२०० रुपैयाँ थियो । आज मूल्य घटेर ९०,५०० रुपैयाँमा झरेको हो ।
तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९०,७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९० हजार रुपैयाँमा झरेको हो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।





















प्रतिक्रिया