नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले ग्राण्ड दशैं एक्सचेन्ज मेला संचालन गरेको छ। भृकुटीमण्डपमा आजदेखि संचालन भएको मेला असोज ६ गतेसम्म जारी रहनेछ ।
एक्स्चेन्ज मेलामा उपहारको बर्षा हुनुका साथै ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन् ।
एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा १० हजारसम्म बढी मुल्याङ्कन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाख सम्म र किनिसके पछि १० लाखसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।
नयाँ सवारी किन्न इच्छुक ग्राहकले मा जानु पर्ने हुन्छ । यसैगरी शुन्य प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाहनेका लागि समेत उत्साहजनक रहेको छ । यस अफरमा प्रिबुकिङ गरे मात्र पनि ग्राहकहरुको लागि २ हजार बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ ।
यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको चाहिं एक्सचेन्जमा ईएम्आइ अफर रहेको छ । जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएम्आइको सुरुवाती दर ५ हजार ९९९ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन् ।
यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इएम्आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ । त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्कापक्की उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।





















प्रतिक्रिया