Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य ,कसरी हुदैछ कारोबार ?



आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।

आज छापवाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ८९,२०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ८८,९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन ८८,७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १,१४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी १,१३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १३:४२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।