आइभरी कोष्टका प्रधानमन्त्री हामेद बाकायोकोको जर्मनीमा उपचारका क्रममा निधन भएको छ । क्यान्सरको उपचारका लागी जर्मनी गएका बाकायोकोको ५६ वर्षको उमेरमा निधन भएको हो ।
बाकायोको प्रधानमन्त्री अमादु गोन कउलीबालीको निधन पछि अकस्मात गत जुलाइमा प्रधानमन्त्री चुनिएका थिए । स्वास्थ्यमा समस्या आएपछि फेब्रुअरीमा फ्रान्स गएका बाकायोकोलाई थप उपचारका लागी जर्मनी रिफर गरिएको थियो ।
पूर्व मिडियाकर्मी बाकायोकोलाई आइभरी कोष्टको गृहयुद्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।




















प्रतिक्रिया