Logo

प्रमुख समाचार

प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ, अहिले चर्का कुरा गर्ने समय होइन: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सर्वदलीय बैठकमा सुनसरी घटनाका सन्दर्भमा सरकारले आफ्नो काम गरिरहेको बताएका छन् ।

बुधबार बिहान सर्वदलीय बैठकपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिरहेको उल्लेख गरे ।

राजनीतिक दलहरुले गम्भीरतासाथ सुनसरी घटनालाई लिएको उल्लेख गर्दै सभापति लामिछानेले भने- ‘प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ गृहमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ  । अहिले शान्ति सद्भाव कायम गर्ने हो । अहिले चर्का कुरा गर्ने होइन । कसले बोल्यो कसले बोलेन भन्ने होइन । समाजिक सद्भाव नभड्कियोस् भन्ने हो ।’

उनले सबै राजनीतिक दलहरूको तर्फबाट संयुक्त अपिल जारी गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार ११:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।