कामना सेवा विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । राष्ट्रिय स्तरको अग्रणी विकास बैंक कामना सेवाले १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद गरि कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७र०७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले लाभांश पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।
बैंकले लाभांश वितरण स्किृतिको लागि राष्ट्र बैक र सधारण सभामा पेस गर्ने व्यहोरा नेपाल स्टक एक्स्चेञ्ज कम्पनीलाई पनि जानकारी दिएको छ ।






















प्रतिक्रिया