Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित पुष्टि



शुक्रबार ४८ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही समयमा ६१ जनाले कोरोनालाई जितेका छन्।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७१ हजार १७७ जना पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयको विवरणमा उल्लेख छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९२९ जना छ। मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख १० हजार ४३४ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १६:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।