Logo

पहिरोमा परि एकै घरका ५ जनाको मृत्यु



अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जाको वालिङमा एकैघरका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका– १४ तमादीका माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली छन् । 

उमा उक्त घरमा पाहुना बस्न गएकी थिइन् । पहिरोमा परी अझै ४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

माया नेपालीकी छोरी मनिषाको जीवितै उद्धार गरी उपचारका लागि वालिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १० : १४ बजे