Logo

अर्थ

नेपाल हाइड्रोपावर बुद्धभूमिको आईपीओ आजदेखि आवेदन खुला



बुद्धभूमि नेपाल हाइड्रोपावरले आज असोज ११ गते बाट सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ। कम्पनीका अनुसार प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

कम्पनिले बिक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको र सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिमा सबै सेयर बिक्री नभएमा असोज २५ गतेसम्म आवेदन दिन पाउने छन् ।

यस शेयरका लगानीकर्ताले १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन पाउने छन्। यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १२:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।