नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानाले पाएकी छन् । गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमित भएका कारण सरकारले ढुङ्गानालाई कामु गभर्नरको जिम्मेवारी दिएको हो ।
गभर्नर अधिकारी कोरोना भाइरसबाट संक्रमित भएपछि घरमा नै आराम गरेर बसेको बुझिएको छ । नेपाल राष्ट्र बैंक ऐनमा गभर्नर विदेश जादा तथा गभर्नरको पदावधी सकिएको बेला डेपुटी गभर्नरलाई कामु दिनसक्ने व्यवस्था रहेको छ ।
गभर्नर अधिकारी कोरोना संक्रमित भएर दैनिक कामका लागि कार्यालय नजाने भएपछि कामुको जिम्मा ढुंगानालाई दिएको हो । पहिलो महिला डेपुटी गभर्नर बनेकी ढुंगाना कामु गभर्नरको जिम्मा पाउने पहिलो महिला बनेकी छन् ।




















प्रतिक्रिया