Logo

अर्थ

बैंकर्स संघमा पनि निर्वाचनको सरगर्मी, कसले सम्हाल्ला अध्यक्षको जिम्मेवारी ?



बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा पनि निर्वाचनको सरगर्मी बढेको छ । आउँदो कात्तिक अन्तिम साता हुने बार्षिक साधारणसभामार्फत संघमा अध्यक्षसहित ६ जना सदस्यहरुको चयन गर्नुपर्ने भएका कारण पनि निर्वाचनको सरगर्मी बढेको हो ।

संघमा अध्यक्ष भुवन दहालको २ बर्षे कार्यकाल पुरा भएपछि आगामी साधारणसभाले नयाँ अध्यक्ष छान्नेछ । संघका बहालवाला उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने चलन भएपनि यसपालीको परिबेश त्यस्तो नहुने एक बैंकरले बताए । उनका अनुसार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय बर्तमान उपाध्यक्ष भएपनि उनलाई अध्यक्ष बनाउँदा समग्र बैंकको प्रतिनिधित्व नहुने देखिएका कारण नयाँ उम्मेदवारको खोजी भइरहेको छ ।

सरकारी बैंकले समग्र बैंकहरुको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निजी क्षेत्रबाटै अध्यक्ष बनाउनु पर्छ भन्ने मत बलियो देखिएकाले चुनाव हुने निश्चित जस्तै रहेको अर्का एक बैंकर बताउँछन् । उनले भने– ‘यसअघि भारतीय लगानीको नेपाल एसबीआइ बैकका प्रमुख कार्यकारी उपाध्यक्ष हुँदा उनले समग्र नेपाली बैंकको प्रतिनिधित्व गर्न नसक्ने भन्दै कार्यसमितिमा नभएका दहाललाई अध्यक्ष बनाइएको थियो ।’

संघको सदस्यका रुपमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले संघमा दुई कार्यकाल पुरा भगरिसकेकाले उनको संभावना छैन भने सनराइज बैंकको प्रमुख कार्यकारीबाट बाहिरिएपछि जनक शर्मा पौडेलको सदस्य पद रिक्त छ ।

संघमा नेपाल बैंकका कृष्णबहादुर अधिकारी, मेगा बैंककी अनुपमा खुँजेली र एनएमबि बैंकका सुनिल केसीको एक कार्यकाल पुरा भएको छ । यसर्थ उनिहरुमध्यबाटै पनि संघको अध्यक्ष चुनिन सक्ने सम्भावना रहेको छ । यसर्थ संघमा चुनाव हुने निश्चित भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १६:२९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।