Logo

बैंकिङ

बीओकेका ग्राहकले दराजबाट सामान किन्दा २५ सयसम्म छुट पाउने



बैंक अफ काठमाण्डूका ग्राहकले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

दराजबाट सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २ हजारसम्म र क्रेडिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २५ सयसम्म छुटको पाईनेछ ।

दशैंलाई लक्षित गरी दराजले असोज १० गतेदेखि दशैँ धमाका योजना ल्याएको हो ।

बैंक अफ काठमाण्डूले हाल ९० शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १७:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।