Logo

मिलको फित्तामा सल बेरिँदा वृद्धाको मृत्यु



मिलको फित्तामा बेरिएर भोजपुरमा एक वृद्धाको ज्यान गएको छ । रामप्रसाद राई गाऊपालिका -१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिएर मृत्यु भएको हो ।

योगेन्द्र राईले सञ्चालन गरेको बिजुलीबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिएक‍ो प्रहरीले जनाएको छ ।

गम्भीर अबस्थामा घाँटीमा चोट लागेकी बानियाँको  स्थानीय क्लिनकमा उपचार  गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार १४:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।