Logo

कर्पोरेट फोकस

गलैंचा उद्योगलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन ब्यवसायीहरुको माग



गलैंचा उद्योगहरुलाई सरकारले उच्च प्राथमिकतामा राखेर सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने व्यवसायीहरुले माग राखेका छन् । गलैंचा उद्योगहरुको विकासमा राज्यले खासै ध्यान नदिएको भन्दै व्यवसायीहरुले गलैचा उद्योगको सम्वद्र्धन, प्रवद्र्धन, विस्तारका निम्ति सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने माग राखेका हुन् ।

कोरोना महामारीका वावजुद पनि गलैंचा उद्योगहरुले आफ्नो व्यवसायीक गतिविधिलाई निरन्तरता दिएर राज्यलाई योगदान गरेको गण्डकी प्रदेशका सासंद एंव नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष रामबहादुर गुरुङले बताए । संघको चौथो वार्षिक साधारण सभामा बोल्दै गुरुङले गलैंचा उद्योगले राष्ट्रिय अर्थतन्त्रमा निकै राम्रो योगदान पुर्याउन सफल भएको बताए । उनले भने– ‘गलैंचा उद्योगको विकास र प्रवद्र्धनका निमित्त नेपाल सरकारले थप ध्यान दिएमा उद्योगको दिर्घकालिन विकास हुनसक्ने र राष्ट्रिय अर्थतन्त्रमा राम्रो योगदान पुग्ने हामीलाई विस्वास छ ।’

नेपाली गलैंचा क्षेत्रलाई मुल्य अभिवृद्धिका आधारमा थप प्राथमिकतामा राख्न निरन्तर प्रयासरत रहेको संघका महासचिव दावा शेर्पाले बताए । नेपाली गलैंचा क्षेत्रलाई कार्यविधिको अनुसुचि १ मा उल्लेख गर्नसके गलैंचा व्यवासयीहरुले प्राप्त गरिरहेको अनुदान रकममा वृद्धि हुन सक्ने उनको भनाई छ ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र भनेर सहुलियत ऋण उपलब्ध गराउँदै आइरहेको छ । सोहि अनुसार सरकारले गलैंचा क्षेत्रलाई पनि सहुलियत ऋण उपलब्ध गराउनु पर्ने संघका उपाध्यक्ष समिक विक्रम शाहले बताए । यो क्षेत्रमा रोजगारीमा पनि महत्वपूर्ण योगदान गरेको भन्दै राज्यले यसलाई भुल्न नहुने उपाध्यक्ष शाहको भनाइ छ ।

नेपाली गलैचा उद्योगलाई विस्तार गर्न सके उद्योगले श्रृजना गरिरहेको रोजगारीको अवसर स्वतः बढ्दै जाने, राष्ट्रिय अर्थतन्त्रमा उद्योगले पुर्याउँदै आएको योगदान पनि बढ्ने भन्दै राज्यले थप चासो दिनु पर्ने उद्योगीहरुको जोड छ ।

विश्व बजारमा नेपाली गलैंचाको सामुहिक व्यापार चिन्ह दर्ताको प्रक्रिया अगाडि बढिसकेको छ । अमेरीका, युरोपियन युनियन र युके जस्ता राष्ट्रहरुमा नेपाली गलैंचाको सामुहिक व्यापार चिन्ह दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको संघले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ११:१५   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।