बैंक अफ काठमाडौंका ग्राहकलाई स्मार्टडोकोले स्मार्ट दशैं अफर ल्याएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् ।
बैंक र डोकोबीच भएको सम्झौता अनुसार दसैंलाई लक्षित गरी असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैं अफरमा बैंकको कार्डबाहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने छन्।
बैंक अफ काठमाडौंले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई सुविधा प्रदान गर्दै आएको जनाएको छ ।





















प्रतिक्रिया