सिटिजन्स बैंकले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना बैंकिङ सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको हो ।
हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकलाईसमेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्नु अघि इ भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुबिधा थप गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका सेवाहरु यसबाट प्राप्त गर्न सक्नेछन् ।
स्तरोन्नत्ती संगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोबाईल वा कम्प्यूटर माध्यमबाट घरमै बसिबसि बिभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
बैंकले एकसय ८३ वटा शाखा, एकसय २१ वटा एटिएम र एकसय ११ वटा शाखारहित बैंकिङ एकाईहरुबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।





















प्रतिक्रिया