Logo

अर्थ

इन्भेष्टमेन्ट बैंकको १६ प्रतिशत लाभांश प्रस्ताव



मर्जर प्रक्रिया जाने बताइरहेको नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको असोज १७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँको आधारमा ११.२४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४.७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ । अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ ।

साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार ११:३०   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।