Logo

कर्पोरेट फोकस

श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लियो



श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ । त्रिभुवन विमानस्थलमा जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसे मैदानतिर पुगेको छ ।

जहाज धावनमार्गबाट घाँसे मैदानतिर पुगेका कारण अन्य उडानहरु भने सञ्चालन भइरहेको छ विमानस्थलले जनाएको छ ।

विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति नपुगेको बताइएको छ ।

जहाजको पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएका कारण उद्धारको लागि आवश्यक कार्य भइरहेको विमानस्थल स्रोतले जनायो ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १०:५३   :  बजे

627
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।