साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यमा बृद्दि भएको छ । नेपाल सुनचाँदी व्यवसायका अनुसार सुन प्रतितोला ५ सय रुपियाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३ सय कायम भएको छ भने सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।
यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ८ सय ५० कायम गरिएको व्यवसायी संघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १ सय ६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा भईरहेको छ।





















प्रतिक्रिया