मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउनेछन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई अस्पतालसँग स्वास्थ्य सम्बन्धि विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको हो ।
सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक–इन हाउस, र्फामेसीलगायतका स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
अस्पतालसँग भएको सम्झौताले आफ्ना ग्राहकलाई स्वास्थ्य सेवामा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।





















प्रतिक्रिया