आज बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसाय संघका अनुसार आज सुन तोलामा रु ४ सयले घटेको हो।
आज छापावाला सुनको मूल्य प्रतितोला रु ८९ हजार ९ सय कायम भएको छ भने मङ्गलबार प्रतितोला रु ९० हजार ३ सय मा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ४ सय ५० मा कारोबार भईरहेको छ । तेजाबी सुन सोमबार प्रतितोला रु ८९ हजार ८ सय ५० मा कारोबार भएको थियो ।
यसैगरी आज पनि चाँदीको मूल्य स्थिर रहेको छ । मङ्गलबार देखि प्रतितोला रु एक हजार १ सय ६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।





















प्रतिक्रिया