Logo

अर्थ

आज सुनको भाउ घट्यो, कसरी हुँदैछ कारोबार ?



आज बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसाय संघका अनुसार आज सुन तोलामा रु ४ सयले घटेको हो।
आज छापावाला सुनको मूल्य प्रतितोला रु ८९ हजार ९ सय कायम भएको छ भने मङ्गलबार प्रतितोला रु ९० हजार ३ सय मा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ४ सय ५० मा कारोबार भईरहेको छ । तेजाबी सुन सोमबार प्रतितोला रु ८९ हजार ८ सय ५० मा कारोबार भएको थियो ।

यसैगरी आज पनि चाँदीको मूल्य स्थिर रहेको छ । मङ्गलबार देखि प्रतितोला रु एक हजार १ सय ६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १२:४३   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।