काठमाडौंमा बिहीबार (असोज २१ गते) प्रथम जिल्लाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने भएको छ । न्यू अरुणोदय स्कूल तेक्वान्दो डोजाङ्गले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
काठमाडौंको विजेश्वरीस्थित न्यू अरुणोदय ईङ्गलिश माध्यमिक विद्यालयको प्रांगणमा आयोजना हुन गइरहेको उक्त प्रतियोगितालाई रोमाञ्चक बनाउन गइरहेको डोजाङ्गकी प्रमुख अञ्जली अस्लामी मगरले अनलाइपाना डटकमलाई बताईन् । कार्यक्रमलाई सभ्य र भव्य बनाउने उनको भनाई रहेको छ ।
अरुणोदय सहितका विभिन्न डोजाङ्ग संलग्न यस प्रतियोगिताका पुरुष तौल समूहमा २०–२३, २४–२७, २८–३१, ३२–३५, ३५–३९, ४१–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५६ तौल समूहको खेल हुनेछ । त्यसैगरी महिलाको पनि पुरुष सरहकै तौल समूह रहनेछ ।
प्रतियोगितामा १५ टिम रहनेछन् भने २० वटा तौल समूह हुनेछन् । डोजाङ्ग प्रमुख अञ्जली राष्ट्रिय खेलाडी समेत हुन् ।





















प्रतिक्रिया