Logo

खेलकुद

(आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४ रनले पराजित



इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४ रनले पराजित गरेको छ ।

आबुधाबीमा हिजो भएको खेलमा हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । बैंग्लोरका देवदूत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए । एबी डी भिलियर्सले अविजित रहँदै १९ रन बनाए ।

शाहबाज अहमेदले १४ तथा श्रीकार भारतले १२ रन बनाए । हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

हैदरावादका लागि जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रन बनाए । जासन होल्डरले १६ रन जोड्दा प्रियम गार्गले १५ तथा अविशेक शर्माले १३ रन बनाए । बैंग्लोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिए ।

प्रकाशित मिति : आश्विन २१, २०७८ बिहीबार  १० : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।