Logo

स्वास्थ्य

कोरोना अपडेट : थप ११४ जनामा कोरोना संक्रमण, २७९० पीसीआर परीक्षण



नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ।

गत २४ घन्टामा २ हजार ७ सय ९० पीसीआर परीक्षण भएको छ। देशभर ९१५ सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।

काठमाडौँ उपत्यकामा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ३४, ललितपुरका ७ तथा भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १६:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।