Logo

अन्तर्राष्ट्रिय

स्पेनमा यौन उद्योग बन्द गर्ने प्रधानमन्त्रीको घोषणा



स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशमा यौन उद्योग बन्द गर्ने आइतबार बताएका छन् । भ्यालेन्सियामा भएको समाजवादी पार्टीको तीनदिने कांग्रेसको अन्तिम दिन उनले आफ्ना समर्थकमाझ महिलालाई यौन दास बनाउने प्रचलन अन्त्य गर्ने बताएका हुन् ।

सन् १९९५ मा स्पेनमा यौन व्यवसायलाई अपराधको श्रेणीबाट हटाइएको थियो। सन् २०१६ मा संयुक्त राष्ट्रसंघले स्पेनको यौन उद्योगमा करिब ४ अर्ब २ करोड अमेरिकी डलर लगानी रहेको अनुमान गरेको थियो ।

सन् २००९ मा गरिएको सर्वेक्षणअनुसार ३ जना स्पेनी पुरुषमा १ जनाले पैसा तिरेर यौनसम्बन्ध राखेको देखाएको थियो ।

एउटा प्रतिवेदन सन् २००९ मा प्रकाशित भएको थियो, जसमा यसरी यौनसम्बन्ध राख्ने पुरुषको संख्या ३९ प्रतिशतभन्दा बढी भएको अनुमान गरिएको थियो ।

सन् २०११ मा गरिएको अन रिसर्चले थाइल्यान्ड र पोर्टोरिकोपछि स्पेन यौन व्यवसायको तेस्रो ठूलो केन्द्र भएको पत्ता लागेको थियो ।

स्पेनमा यौनका मामिलामा कुनै नियमकानुन छैन। हाल स्पेनमा लगभग ३ लाख महिला यौनकर्मी रहेको अनुमान गरिएको छ । एजेन्सी

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १३:४६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।