Logo

स्वास्थ्य

१ हजार ९६ कोरोना संक्रमित थप, १ हजार ४ संक्रमित निको



नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ९ सय १६ जनामा गरिएको नमूना परीक्षणमा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

वितेको २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल नेपालमा कोरोना निको हुने दर ९७.१ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १७:३३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।