बितेको २४ घण्टामा ५ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ८ हजार ५ सय ४९ जनाको नमुना परीक्षणमा पीसी.आर विधिबाट ६ हजार ५ सय ८६ जनाको परिक्षण गर्दा ४ सय ७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण थप ८ जना संक्रमितको निधन भएको छ भने विभिन्न अस्पतालबाट ७ सय २६ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।
मुलुकभर हाल ११ हजार ३ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा २३ हजार ५ सय ६८ जनाले कोरोना विरुद्धको खोप लगााएका छन् ।





















प्रतिक्रिया