Logo

स्वास्थ्य

५ सय ४५ कोरोना संक्रमित थप, ८ जनाको मृत्यु



बितेको २४ घण्टामा ५ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ८ हजार ५ सय ४९ जनाको नमुना परीक्षणमा पीसी.आर विधिबाट ६ हजार ५ सय ८६ जनाको परिक्षण गर्दा ४ सय ७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण थप ८ जना संक्रमितको निधन भएको छ भने विभिन्न अस्पतालबाट ७ सय २६ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।
मुलुकभर हाल ११ हजार ३ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा २३ हजार ५ सय ६८ जनाले कोरोना विरुद्धको खोप लगााएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १६:५५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।