Logo

स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोना संक्रमित थपिए, ९ सय ३२ जना निको



नेपालमा थप ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ९ हजार ३ सय ७६ जनाको नमुना परीक्षणमा पीसी.आर विधिबाट ७ हजार २ सय ५३ जनाको परिक्षण गर्दा ५ सय ७४ जना र २ हजार १ सय २३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ३४ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण थप ११ जना संक्रमितको निधन भएको छ भने विभिन्न अस्पतालबाट ९ सय ३२ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल १० हजार ९ सय ४६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ५८ हजार ८ सय ५३ जनाले कोरोना विरुद्धको खोप लगााए सँगै निको हुने दर ९७.२ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १६:२९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।