Logo

अर्थ

नेपाल बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने



नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने करसहित तीन प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सो लाभांश सेयरधनीले पाउनेछन् ।

हाल चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ रुपैयाँ रहेको बैंकको १४ प्रतिशतका दरले बोनस सेयर वितरणपछि चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार आठ सय ३१ रुपैयाँ पुग्नेछ । गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार १२:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।