Logo

अर्थ

बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश प्रस्ताव



बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार ११:०४   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।